Pura Samachar

महिला फुटबलमा क्यानडालाई स्वर्ण

प्रकाशित: August 7, 2021

महिला फुटबलमा क्यानडालाई स्वर्ण

एजेन्सी। क्यानडाले महिला फुटबलको फाइनलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै ओलम्पिकमा पहिलो पटक स्वर्ण पदक जितेको छ। निर्धारित ९० र थपिएको ३० मिनेट १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। स्विडेनकी स्टिना ब्लाकस्टेनियसले ३४औं मिनेटमा गोल गरेकी थिइन्। क्यानडाकी जेसी फ्लेमिङले ६७औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन्।

प्रतिक्रिया