Pura Samachar

सानिमा लाइफको आईपीओ बाँडफाँड

प्रकाशित: August 14, 2021

सानिमा लाइफको आईपीओ बाँडफाँड

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिबार बाँडफाँड गरेको हो। आईपीओ मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ। त्यसअनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले शेयर पाएका छन्। आईपीओमा २४ लाख १९ हजारको आवेदन परेको थियो।

प्रतिक्रिया