Pura Samachar

लिभरपुलको लगातार दोस्रो जित

प्रकाशित: August 22, 2021

लिभरपुलको लगातार दोस्रो जित

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डिओगो जोटा र साडियो मानेले एक एक गोल गरेका थिए । जोटाले खेलको १८ औ मिनेटमा गोल गर्दै लिभरपुललाई शुरुवाति अग्रता दिलाएका थिए भने मानेले खेलको ६९औ मिनेटमा गोल गर्दै लिभरपुलको अग्रतालाई दोब्बर पारेका थिए ।

जितसंगै लिभरपुलले सय सिजनमा लगातार दोस्रो जित हासिल गरेको छ । लिभरपुलको दुइ खेलमा ६ अंक भएको छ । लिभरपुलले सिजनको पहिलो खेलमा नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया