
स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित हात पारेको
रियलले शनिबार राति भएको खेलमा रियल बेटिसलाई १-० गोलले पराजित गरेको हो।
रियलको जितमा कार्भान्जलले ६१ मिनेटमा गोल गरे।
उनलाई गोल गर्न बेन्जिमाले पास दिए।
सेभिया भने इल्चेसँग १-१ गोलको बराबरीमा रोकियो।लिगमा रियल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको सेभियाको पनि ७ अंक नै रहेको छ।
प्रतिक्रिया