
काठमाडौं । भारतीय फुटबल टिम सोमबार नेपाल आइपुग्ने भएको छ ।
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टोली नेपाल आउने भएको हो ।
भारतीय टिम दिउँसो ३ः४५ बजे काठमाडौं ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । भारतको टोलीमा कप्तान सुनिल क्षेत्री सहितका खेलाडीहरु छन् । भारतले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
मैत्रीपूर्ण खेल भदौ १७ र २० मा हुनेछ । इन्डिया फुटबल फेडेरेसनले मैत्रीपूर्ण खेलका लागि शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ गतेसम्म हुनेछ ।
प्रतिक्रिया