
![]()
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। हप्ताको दुई दिन स्थिर रहेर हप्ताको तेस्रो दिन घटेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै बढेको छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार ५ सय रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।
यस अगाडी छापावाला सुन आइतबार र सोमबार ९१ हजार ६ सय तथा मंगलबार ९१ हजार २ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आइतबार र सोमबार ९१ हजार १ सय तथा मंगलबार ९० हजार ७ सय रुपैंयाँ कारोबार भएको थियो।
सुन भदौ ६ गते यताकै सस्तो
प्रतिक्रिया