Pura Samachar

भारतले ५ खेलको सीरीजमा २–१ का अग्रता हासिल

प्रकाशित: September 7, 2021

भारतले ५ खेलको सीरीजमा २–१ का अग्रता हासिल

लण्डन– भारतले इङ्ल्याण्डलाई टेस्ट सीरीजको चौथो खेलमा १ सय ५७ रनले हराएको छ ।

द ओभलमा खेलिएको यो प्रतिस्पर्धामा टीम इन्डियाले इङ्ल्याण्डलाई ३ सय ६८ रनको लक्ष्य दिएको थियो ।

इङ्लिस टीम २ सय १० रनमै समेटियो ।

यो जीतपछि भारतले ५ खेलको सीरीजमा २–१ का अग्रता हासिल गरेको छ ।

भारतीय टीमले ओभलमा टेस्ट खेल जित्नका लागि ५० वर्षको लामो प्रतिक्षा गर्नु पर्यो ।

यसअघि भारतले सन् १९७१ मा अजीत वाडेकरको कप्तानमिा ओभलटेस्ट जितेको थियो ।

अहिलेको प्रतियोगितामा इङ्ल्याण्डले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो ।

इङ्ल्याण्डका बलरहरुले आफ्ना कप्तान जो रुटको निर्णयलाई सही सावित गर्दै टीम इन्डियालाई १ सय ९१ रनमा आउट गरिदिए ।

क्रिस वोक्सले सबैभन्दा बढी चार विकेट लिएका थिए ।

टीम इन्डियाका शार्दुल ठाकुरले सबैभन्दा बढी ५७ रन बनाएका थिए ।

कप्तान विराट कोहलीले ५० रन बनाएका थिए ।

इङ्ल्याण्डको ब्याटिङको थालनी खराब रह्यो ।

जसप्रीत बुमराहले ६ रनको स्कोरमा इङ्ल्याण्डठका ओपनरहरु रोरी बन्र्स र हसीब हमीलाई आउट गरेका थिए ।

इङ्ल्याण्डको इनिङ २ सय ९० रनमा समेटियो ।

इङ्ल्याण्डले पहिलो इनिङको आधारमा ९९ रनको अग्रता लियो ।

भारतका तर्फबाट उमेश यादवले ३, जसप्रीत बुमराह र रवीन्द्र जडेजा २–२ विकेट लिए ।

९९ रनले पछाडि परेको भारतले दोस्रो इनिङमा राम्रो सुरुवात गर्यो ।

ओपनर केएल राहुल र रोहित शर्माले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरे ।

राहुल आउट भएपछि रोहित शर्माले चेतेश्वर पुजारासंग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।

प्रतिक्रिया