Pura Samachar

एनसेलले सरकारलाई बुझायो साढे ६ अर्व

प्रकाशित: July 17, 2020

एनसेलले सरकारलाई बुझायो साढे ६ अर्व

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ६ अर्ब ५० करोड रुपैयाँ दुरसञ्चार प्राधिकरणलाई बुझाएको छ। नविकरण वापत एनसेलले प्राधिकरणको खातामा रकम जम्मा गरेको हो।
नवीकरण दस्तुर, सेलुलर, फ्रिक्वेन्सी, माइक्रोवेब, भिस्याट, फ्रिक्वेन्सी दस्तुर लगायतका शिर्षकमा बुझाउनु पर्ने राजश्व वापत रकम बुझाएको जनाएको छ।

मंगलबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले मोबाइल सेवाको अनुमतिपत्रको नवीकरण वापत ५ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ सरकारलाई बुझाएको छ। फ्रिक्वेन्सी दस्तुरको रुपमा एनसेलले एक अर्ब ५९ करोड ९१ लाख ३१ हजार थप रकम बुझाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। यता नेपाल टेलिकमले एक अर्ब ७२ करोड ४९ लाख ९० हजार बुझाएको उनले बताए।

प्राधिकरणका अनुसार सीजी टेलिकमले ७ करोड ९१ लाख २७ हजार, नेपाल स्याटेलाइट टेलिकम (एनएसटीपीएल) ले २१ करोड ३१ लाख ३३ हजार जम्मा गरेको जनायो। स्मार्ट टेलिकमले भने २४ करोड ४८ लाख बुझाएको छ ।

प्रतिक्रिया