नयाँ दिल्ली । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा फेरि कोरोना पोजेटिभ देखिएको छ ।
उनको कार्यालयले यसको पुष्टि गर्दै राष्ट्रपतिले क्वारेन्टाइनको बसाइलाई दुई साताका लागि बढाएको र कैयौं भ्रमणहरु स्थगित गरेको जनाएको छ ।
यसअघि उनलाई जुलाई ७ मा गरिएको परीक्षणमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो ।
त्यसपछि उनी राष्ट्रपति भवनमा सेल्फ आइसोलेशनमा बसेका थिए ।
राष्ट्रपति बोलसोनारोले कोरोनालाई नजरअन्दाज गर्दै सामान्य ज्वरो भएको अभिव्यक्ति दिएपछि निकै आलोचना भएको थियो ।
कोरोना महामारीबाट भएको क्षतिका हिसाबले अमेरिकापछि ब्राजिल दोस्रो नम्बरमा छ ।
ब्राजिलमा अहिलेसम्म २२ लाख संक्रमित भइसकेका छन् भने ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
–बीबीसीबाट
प्रतिक्रिया