Pura Samachar

आईपीएल सेटेम्बर १९ देखि गर्ने तयारी

प्रकाशित: July 24, 2020

आईपीएल सेटेम्बर १९ देखि गर्ने तयारी

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी भएको छ  । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको क्रिकेट लिग पुन: सञ्चालनमा आउन लागेको हो ।  यूएईमा हुने तय भएको प्रतियोगिता सेप्टेम्बरको तेस्रो साता सुरु गर्ने तयारी रहेको  बीसीसीआईका अधिकारीलाई उदृत गर्दै दी टाइम्स अफ इन्डियाले लेखेकोछ ।

आईपीएल सेटेम्बर १९ मा भएर नोभेम्बर आठमा फाईनल खेलाउने तयारी गरिएको हो । केही दिनमा हुने आईपीएलको गभर्निङ काउन्सिलको बैठकले यस मितिलाई पुष्टि गर्नेछ । आईपीएलको गभर्निङ काउन्सिलले आईपीएल युएईमा हुने निर्णय गरेको थियो । आईपीएलका फ्रेन्चाईज टिमलाई नयाँ मितिबारे जानकारी दिईएको छ ।

प्रतिक्रिया