Pura Samachar

काेराेना नियन्त्रण गर्न किम जाेङले उत्तर काेरियामा लगाए संकटकाल

प्रकाशित: July 27, 2020

काेराेना नियन्त्रण गर्न किम जाेङले उत्तर काेरियामा लगाए संकटकाल

एजेन्सी : उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकाल घोषणा गरिएको छ। कोरोना भाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ। सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनुपरेको अधिकारीहरुले जानकारी दिएका छन्। सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटब्युरो बैठकमार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनुपर्ने निर्णय गराएका हुन्। नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागु गर्न आदेश दिएका छन्। आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोनासम्बन्धी कुनै पनि घटनाहरू नभएको दाबी गर्दै आएको थियो।

प्रतिक्रिया