Pura Samachar
  • इरान सरकारका प्रवक्तालाई कोरोना संक्रमण

    प्रकाशित: २ हप्ता पहिले

    इरान सरकारका प्रवक्तालाई कोरोना संक्रमण

    तेहरान । इरान सरकारका प्रवक्ता अलि रबिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

    कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँले नियमित साप्ताहिक पत्रकार सम्मेलन समेत स्थगित गरेका छन् ।

    उनलाई थप उपचारका लागि अस्पताल लगिएकाले पनि पत्रकार सम्मेलन हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

    प्रवक्ता रबि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले पुष्टि गरेको इरानको सरकारी सञ्चार संस्था आइआरएनएले सोमबार जनाएको छ ।

    उनको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको अवस्था सन्तोषजनक नै रहेको जानकारी दिएका छन् । उनीहरुले उहाँलाई सङ्क्रमण भएपनि खतरा भने नरहेको स्पष्ट पारेका छन् ।

    इरानमा गत फेब्रुअरीको १९ तारिखदेखि अहिलेसम्म कोरोनाभाइरसबाट दर्जनौ राजनीतिज्ञहरु सङ्क्रमित भएका छन् ।

    सोमबारसम्म इरानमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ९३ हजार ६०६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    त्यसैगरी कोरोनाभाइरसकै कारण इरानमा अहिलेसम्म १५ हजार ९१२ जनाको मृत्यु भएको पनि सरकारी तथ्यांक छ ।

    प्रतिक्रिया