वाशिङटन । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ ।
समाचार एजेन्सी एएफपीले अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५० हजार नाघेको जनाएको छ ।
जोन्स हाप्किन्स युनिभर्सिटीअनुसार अमेरिकामा कुल संक्रमितको संख्या ४४.०१ लाख पुगेको छ । जसमध्ये अहिलेसम्म एक लाख ५० हजार ४४७ को मृत्यु भइसकेको छ ।
यस्तै ब्राजिलमा पनि कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । बुधवारसम्म ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ ।
ब्राजिलमा संक्रमितको संख्या २४.८३ लाख भन्दा बढी पुगेको छ । ब्राजिलमा अहिलेसम्म ९० हजार १३४ जनाको मृत्यस भइसकेको छ ।
–बीबीसीबाट
प्रतिक्रिया