Pura Samachar

आगामी तीन दिन देशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना

प्रकाशित: August 2, 2020

आगामी तीन दिन देशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागकाअनुसार देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु बर्षा भइरहेको छ ।

विभागले आइतबार बिहान ६ बजे जारी गरेको विज्ञप्तिअनुसार आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १८ गते (आइतबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ र गण्डकी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन १९ गते (सोमबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन २० गते (मंगलबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया