काठमाडौं । सुनको मूल्य बुधबार एक लाख नाघेको छ ।
एकैदिन १६ सय रुपैयाँले बढेर बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य मंगलबार ९९ हजार ८ सय रुपैयाँ थियो । यसदिन तेजाबी सुनको मूल्य पनि पनि बढेको छ ।
तेजावी सुन मंगलबार प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएकामा बुधबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्यले तोलाको लाख रुपैयाँ छुँदा चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया