पेरिस । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले आकस्मिक रूपमा लेबनानको भ्रमण गर्ने भएका छन् ।
लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विनाशकारी घटनाका बारेमा सहानुभूति व्यक्त गर्न उनले बिहीबार लेबनानको भ्रमण गर्न लागेको जनाइएको छ ।
राष्ट्रपतिको कार्यालयले भनेको छ, “राष्ट्रपति म्याक्रोन बिहीबार लेबनान जानुहुनेछ र राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुहुनेछ ।”
उनको यो भ्रमण आकस्मिक भएको र छिमेकीको रूपमा एउटा देशले अर्को देशप्रति देखाउने सहानुभूतिका लागि हुन लागेको अधिकारीहरूको भनाइ छ ।
लेबनानको राजधानी बेरुतमा मङ्गलबार राति अबेर भएको शक्तिशाली विस्फोटनको घटनामा परी एक सयभन्दा बढीको मृत्यु भएको छ ।
त्यसैगरी अरू चार हजारभन्दा बढी घाइते भएका कारण बेरुतका सवै जसो अस्पताल खचाखच भरिएको समाचारमा जनाइएको छ ।
बेरुतका अधिकारीका अनुसार बेरुत सहरका झण्डै आधा घरमा क्षति पुगेको छ । अहिले लेबनान र मध्यपूर्वी देशहरू नै त्रसित अवस्थामा रहेका छन् ।
घटनाका बारेमा संसारभरिबाट आलोचना भइरहेको छ भने कतिपयले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन् ।
प्रतिक्रिया