Pura Samachar
  • भारतको कोरोना अस्पतालमा आगलागी हुँदा ८ संक्रमितको मृत्यु

    प्रकाशित: २ महिना पहिले

    भारतको कोरोना अस्पतालमा आगलागी हुँदा ८ संक्रमितको मृत्यु

    काठमाडौं । भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा आत्तिएर ८ संक्रमितको मृत्यु भएको छ ।

    अहमवाद सहरको नवरंगपुरस्थित सहरमा रहेको श्रेय अस्पतालमा बिहान ३ बजेतिर अचानक आगलागी भएको अहमदाबादका अतिरिक्तम मुख्य अग्निनियन्त्रक राजेश भट्टले बीबीसीलाई जानकारी दिएका छन् ।

    अधिकारीका अनुसार अस्पतालका कर्मचारीले पीपीई किट लगाएर काम गरिरहेका थिए, सर्ट सर्किटका कारण आगो लागेको हो ।

    आगो एक घण्टामै नियन्त्रणमा लिइयो तर आत्तिएर ८ बिरामीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

    प्रतिक्रिया