कञ्चनपुर । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोबार भने ह्वात्तै घटेको छ ।
तीज, गौरा, दसैं र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोबारको मौसम भए पनि यस पटक भने कारोबार शून्य रहेको कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष उमेश सुनुवारले बताए ।
“यस्तै अवस्थामा मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आउने सम्भावना छ,” उनले भने ।
कञ्चनपुरमा एक सय ६० जना सुनचाँदी व्यवसायी रहेको बताउँदै उनले सुन खरिदभन्दा पनि बिक्रीका लागि स्थानीय आइरहेको बताए ।
प्रतिक्रिया