जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार दुई ११ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि संगठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
विश्वभरमा हाल ६३ लाख ९१ हजार पाँच सय पाँच व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६४ हजार नौ सय ९४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार अमेरिकामा मात्र ५१ लाख ९९ हजार चार सय ४४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार छ सय १७ व्यक्तिको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया