Pura Samachar
  • भारतको प्रतिपक्षी कांग्रेसका प्रवक्ता राजीव त्यागीको हृदयघातबाट निधन

    प्रकाशित: १ महिना पहिले

    भारतको प्रतिपक्षी कांग्रेसका प्रवक्ता राजीव त्यागीको हृदयघातबाट निधन

    नयाँ दिल्ली । भारतको प्रतिपक्षी दल कांग्रेसका राष्ट्रिय प्रवक्ता राजीव त्यागीको हृदयघातका कारण निधन भएको छ । पार्टीका तर्फबाट जारी ट्विटमा उनको निधनको सूचना दिँदै संवेदना प्रकट गरिएको छ ।

    कांग्रेस महासचिव प्रियंका गान्धीले प्रवक्ता त्यागीको असामयिक निधनलाई अपूर्णीय क्षति बताएकी छन् ।

    गाजियाबादमा निधन हुनुभन्दा दुई घण्टा पहिले त्यागी एक टीभी च्यानलको ‘लाइभ डिबेट’ मा सहभागी भएका थिए ।

    उनले बुधवार बेलुकी अन्तिम ट्विट गरेका थिए । जसमा उनले आफू बेलुकी ६ बजे टीभी च्यानल ‘आज तक’ मा हुने ‘डिबेट’ मा सहभागी हुन लागेको उल्लेख गरेका थिए ।

    राहुल गान्धी पार्टी अध्यक्षको आफनो कार्यकालमा ३२ डिसेम्बर २०१८ मा १० जना नेतालाई नयाँ प्रवक्ताका रुपमा नियुक्त गरेका थिए । जसमा राजीव त्यागी पनि परेका थिए ।

    प्रतिक्रिया