Pura Samachar

बन्द प्रशिक्षणमा बोलाइएका एक खेलाडीमा कोरोना पुष्टि

प्रकाशित: August 14, 2020

बन्द प्रशिक्षणमा बोलाइएका एक खेलाडीमा कोरोना पुष्टि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि बोलाइएका एक खेलाडीमा कोरोना पुष्टि भएको छ ।

नेपाली राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा बोलाइएका २० वर्षीय खेलाडीमा कोरोना पुष्टि भएको जनाइएको छ ।

दोस्रो दिन परीक्षण गराएका २३ मध्ये एकजनाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि बिहीबार पाटन अस्पतालले एक दिन नतिजा नै होल्ड गर्‍यो । तर, दोस्रोपटकको टेस्टमा नतिजा पोजेटिभ आएको छ ।

एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा रहन डाकेको थियो । बन्द प्रशिक्षणकै लागि एन्फाले खेलाडीलाई साउन १७ गतेदेखि क्‍वारेन्टिनमा राखेको थियो । यसै क्रममा एन्फाले भदौ १ देखि फुटबल टोलीको बन्द प्रशिक्षण सुरु गर्ने भन्दै खेलाडी र अफिसियलहरुको कोरोना परीक्षण गरेको थियो ।

तर, एएफसीले तय भएको छनोट तालिका स्थगित गरेपछि एन्फाले पनि बन्द प्रशिक्षण पनि स्थगित गरेको थियो । एएफसीले कोरोनाका कारण अवस्था सामान्य नभएको भन्दै तय भएको छनोट तालीका २०२१ सम्मका लागि स्थगित गरेको थियो ।

प्रतिक्रिया