Pura Samachar
  • जनतासँग मर्जरपछि ग्लोबल आईएमई बैंकले कमायो ३ अर्ब ९ करोड नाफा

    प्रकाशित: १ महिना पहिले

    जनतासँग मर्जरपछि ग्लोबल आईएमई बैंकले कमायो ३ अर्ब ९ करोड नाफा

    काठमाडौं । जनता बैंकलाई मर्जर गरेको ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष ०७६/७७ मा ३ अर्ब ८ करोड ८० लाख ४२ हजार खुद मुनाफा आर्जन गरेको छ । मर्जर अगाडि जनता बैंकले कमाएको मुनाफासमेत जोड्दा भने बैंकले ३ अर्ब ५३ करोड ९३ लाख ७३ हजार खुद मुनाफा आर्जन गरेको छ ।

    अघिल्लो आर्थिक वर्षमा साविकको ग्लोबल आईएमई बैंकले मात्रै २ अर्ब ७६ करोड १९ लाख ५४ हजार खुद मुनाफा आर्जन गरेको गत आर्थिक वर्षमा जनता बैंकसमेत मर्जर भएर बनेको बैंकको खुद मुनाफा १०.५६ प्रतिशतले मात्रै वृद्धि भएको छ । मर्जरअगाडि जनता बैंकले ४५ करोड १३ लाख ३१ हजा र खुद मुनाफा आर्जन गरेको थियो ।

    गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ३ अर्बले वृद्धि भएको छ भने खुद सञ्चालन आम्दानी करिब २ अर्बले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब २४ करोड २३ लाख ४६ हजार खुद ब्याद आम्दनी आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ८ अर्ब १९ करोड २० लाख ७५ हजार खुद ब्याज आम्दानी आर्जन गरेको छ । यस्तै अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ५८ करोड ४० लाख ४ हजार खुद सञ्चालन आम्दनी रहेको बैंकको गत आर्थिक वर्षमा ८ अर्ब ४६ करोड ७७ लाख ५१ हजार पुगेको छ ।

    कोभिड १९ को कारण सम्भावित कर्जा जोखिमवापतको व्यवस्थाका लागि गरेको प्रोभिजन, तथा मर्जरपछि बैंकका शाखा सञ्जालसँगै कर्मचारी संख्यामा पनि वृद्धि हुँदा बढेको कर्मचारी खर्च र सञ्चालन खर्चले गर्दा बैंकको आम्दानीको तुलनामा नाफा बढ्न नसकेको हो । बैंकले सम्भावित कर्जा जोखिमका लागि मात्रै १ अर्ब ७४ करोड ६ लाख १७ हजा छुट्याएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १९ करोड ८१ लाख ८७ हजार मात्रै छुट्याएको थियो ।

    जसले गर्दा बैंकको सञ्चालन मुनाफा सँगै खुद मुनाफासमेत अपेक्षाकृत रुपमा बढ्न नसकेको हो । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ९० करोड ६६ लाख २९ हजार सञ्चालन मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४० करोड ५२ लाख ४९ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ ।

    गत आर्थिक वर्षमा बैंकको कर्जा लगानीभन्दा निक्षेपका वृद्धि बढी देखिएको छ । अघिल्लो आर्थिक वर्षमा साबिकको ग्लोबल आईएमई बैंकको १ खर्ब २० अर्ब ८ करोड ८४ लाख ४० हजार निक्षेप रहेको बैंकको मर्जर पछि गत आर्थिक वर्षको अन्त्यमा आउँदा बढेर २ खर्ब १२ अर्ब ३१ करोड ५३ लाख पुगेको छ । यस्तै अघिल्लो आर्थिक वर्षमा १ खर्ब ८ अर्ब ९७ करोड ७६ लाख ८ हजार रहेको कर्जा लगानी गत आर्थिक वर्षमा वृद्धि भएर १ खर्ब ८९ अर्ब ३८ करोड ८६ लाख ६४ हजार पुगेको छ ।

    १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ४१ करोड ८१ लाख १७ हजार र सेयर प्रिमियममा ५३ लाख ९३ हजार छ । यस्तै लगानीकर्तालाई बाँड्ने सञ्चित कोषमा १ अर्ब ६१ करोड ८५ लाख ६३ हजार छ । जनता बैंकलाई मर्जर अगाडि कमाएको खुद मुनाफा समेतको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड २८ लाख ८२ हजार छ । यता जनता बैंकलाई मर्जर गर्दा स्वाप रेसियोबाट आएको वार्गेन गने रिर्जभ राखेको बैंक स्रोतले जनाएको छ ।

    बैंकको निष्क्रिय कर्जा बढको छ । अघिल्लो आर्थिक वर्षमा ०.५५ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आर्थिक वर्षमा बढेर १.८० प्रतिशत पुगेको छ । यस्तै बैंकको पुँजीकोष अनुपात १२.४१ प्रतिशत, सीसीडी रेसीयो ७३.१८ प्रतिशत, आधार ब्याजदर ८.४२ प्रतिशत र स्प्रेड रेट ४.४३ प्रतिशत रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.६९ गुणा, प्रतिसेयर आम्दानी १६ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९२ पैसा छ ।

    मर्जरअगाडि जनता बैंकले कमाएको नाफा प्रतिसेयर आम्दनीमा नजोडिएकाले बैंकको प्रतिसेयर आम्दानी बढ्ने देखिन्छ ।

    प्रतिक्रिया