Pura Samachar

भारतीय क्रिकेटर धोनीले गरे सन्यासको घोषणा

प्रकाशित: August 16, 2020

भारतीय क्रिकेटर धोनीले गरे सन्यासको घोषणा

नयाँ दिल्ली । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले इन्स्टाग्राम अकाउन्टमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले इन्स्टाग्राममा लेखेका छन्, “तपाईंहरुको माया र सहयोगका लागि धन्यवाद । शनिबार बेलुकी साढे ६ बजेबाट मलाई रिटायर भएको सम्झिनुहोला ।”

यसका साथै विगत १५/१६ वर्षदेखि भारतीय क्रिकेटमा चल्दै आएको धोनीको जादुमय समाप्त भएको छ ।

यद्यपि, यस सिजनको आईपीएलमा उनी एक पटक फेरि ‘चेन्नई सुपर किंग्स’ का तर्फबाट मैदानमा देखिने छन् । धोनी भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान हुन् ।

धोनीको कप्तानीमा भारतले आईसीसी वर्ल्ड टी-ट्वान्टी (२००७ मा), क्रिकेट वर्ल्ड कप (२०११ मा) र आईसीसी च्याम्पियन्स ट्रफी (२०१३ मा) को उपाधि जितेको थियो ।

प्रतिक्रिया