Pura Samachar

भारतमा कोरोनाले ५० हजार ९२१ को मृत्यु

प्रकाशित: August 18, 2020

भारतमा कोरोनाले ५० हजार ९२१ को मृत्यु

काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५० हजार ९२१ नजिक पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ६६३ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५७ हजार ९८१ संक्रमित थपिएका छन् ।

सोही अवधीमा ९४१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

प्रतिक्रिया