वासिङटन । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीले अघि सारेका उम्मेदवार जो बाइडनले राष्ट्रपति ट्रम्पलाई ‘कमजोर’ र ‘विषालु’ नेताको संज्ञा दिँदै देशमा हिंसा भड्काएको आरोप लगाएका छन् ।
पेन्सिलभेनियामा बोल्दै बाइडनले डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिकाले अनेकौं समस्याहरुको सामना गरिरहेको र ती समस्याहरु बढ्दै गएको पनि दाबी गरे ।
अमेरिकाका केही सहरहरुमा जारी अशान्तिका विषयमा ट्रम्प र बाइडनबीच तनाव उत्पन्न भएको छ । दुबैले एक–अर्कालाई लक्षित गरेर आरोप–प्रत्यारोप गरिरहेका छन् ।
ट्रम्पले ‘कानुन र व्यवस्था’ लाई चुनाव प्रचार अभियानको मुख्य मुद्दा बनाएका छन् भने बाइडन तिनै मुद्दामा केन्द्रित रहेर उनलाई घेर्न प्रयासरत छन् ।
आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको नतिजाको पूर्वानुमानका लागि भइरहेको नेशनल पोल्समा अहिलेसम्म बाइडन ट्रम्पभन्दा अगाडि देखिएका छन् ।
–बीबीसी
प्रतिक्रिया