नयाँ दिल्ली । भारत र चीनको सीमा नजिकै रहेको लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा करिब एक हजार वर्ग किलोमिटर क्षेत्रमा चीनले कब्जा गरेको छ ।
अंग्रेजी अखबार ‘द हिन्दू’ ले (एलएसी) मा करिब एक हजार वर्ग किलोमिटर क्षेत्रमा चीनले कब्जा गरेको समाचार प्रकाशित गरेको छ । समाचारअनुसार गलवान उपत्यकामा २० वर्ग किलोमिटर, हट स्प्रिङ्समा १२ वर्ग किलोमिटर, पेन्गाङ सोमा ६५ वर्ग किलोमिटर र चुसुलमा २० वर्ग किलोमिटर क्षेत्र चीनको कब्जामा छ ।
अखबारका अनुसार गुप्तचरले उक्त भूमिका बारेमा केन्द्र सरकारलाई जानकारी गराइसकेका छन् । अखबारले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै देपसाङ प्लेन्सदेखि चुसुलसम्म चीनले एलएसी नजिकै व्यवस्थित रुपमा सेनाको तैनाथी बढाएको समाचारमा उल्लेख गरेको छ ।
अखबारलाई अधिकारीहरुले पेट्रोलिङ प्वाइन्ट १०–१३ बाट देपसाङ प्लेन्समा भारतको एलएसीको जुन धारणा छ त्यसको नौ सय वर्ग किलोमिटर क्षेत्रमा चीनको नियन्त्रण रहेको बताएका छन् ।
चीनले गत अप्रिलदेखि एलएसी नजिकै सेनाको तैनाथी र उनीहरुको उपस्थितिलाई बलियो बनाउँदै आएको छ । गत जुन १५ मा पूर्वी लद्दाखमा पर्ने गलवान उपत्यकामा भएको झडपमा भारतका २० सैनिक मारिएका थिए ।













प्रतिक्रिया