नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण शनिबारबाट सुरु हुँदै छ । यस पटक आईपीएल कोरोना महामारीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) मा हुन गइरहेको छ ।
यसअघि २०१४ मा पनि आईपीएलको पहिलो संस्करणको आयोजन यूएईमै आयोजना गरिएको थियो । आईपीएलको उद्घाटन खेल मुम्बई इन्डियन्स र चेन्नेई सुपर किंग्सबीच अबुधाबीमा हुने छ ।
आगामी नोभेम्बर ३ सम्म चल्ने आईपीएलको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बाट सुरु हुने छ । मुम्बई इन्डियन्स रोहित शर्माको र चेन्नेई सुपर किंग्स महेन्द्रसिंह धोनीको कप्तानीमा मैदानमा उत्रिदै छ ।
आईपीएलका सबै खेलहरु शारजाह, अबुधाबी र दुबईमा खेलाइने छन् । जसमध्ये २४ खेल दुबईमा, २० खेल अबुधाबीमा र १२ खेल शारजाहमा खेलाइने बताइएको छ ।
प्रतिक्रिया