काठमाडौं । विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल–१३ मा अभियानको सुरुवात जीतका साथ गरेको छ ।
सनराइजर्स हैदराबादलाई १० रनले हराउँदै रोयल च्यालेन्जर्सले आप्mनो अभियानको सुरुवात जीतका साथ गरेको हो ।
बैंगलोरले हैदराबादलाई जीतका लागि एक सय ६४ रनको लक्ष्य दिएको थियो । हैदराबादको टिम १९.५ ओभरमा एक सय ५३ रन बनाएर अल आउट भयो ।
बैंगलोरका युजबेन्द्र चहलले तीन, शिवम दुबे र नवदीप सैनीले दुई–दुई विकेट लिए । १६ औं ओभरको दोस्रो बलसम्म हैदराबाद टिम बलियो देखियाएको थियो ।
उसले दुई विकेटको क्षतिमा एक सय २१ रन बनाइ सकेको थियो । तर, त्यसपछि हैदराबादले आठ विकेट गुमायो र केवल ३२ रन जोड्न सक्यो ।
यसअघि बैंगलोरको टिमले २० ओभरमा पाँच विकेटको नोक्सानीमा एक सय ६३ रन बनाएको थियो । बैंगलोरको जीतमा देवदत्त पडिक्कलको भूमिका महत्वपूर्ण रह्यो । आईपीएलमा पहिलो म्याच खेलेका देवदत्तले ४२ बलमा आठ चौकाको मद्दतमा ५६ रन बनाए ।
हैदराबाद टिमको सुरुवात पनि सुखद रहेन । हैदराबादका कप्तान डेविड वार्नर छ रनको निजी स्कोरमा आउट भए ।
प्रतिक्रिया