Pura Samachar

१ हजार २ सयले घट्यो सुन,यस्तो छ आजको मूल्य

प्रकाशित: September 23, 2020

१ हजार २ सयले घट्यो सुन,यस्तो छ आजको मूल्य

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । मंगलबार १७ सयले घटेको सुन आज १२ सयले घटेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने आज प्रतितोला ४० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया