Pura Samachar
Pura Samachar
  •   गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • तस्बिर पुस्तिका
  • सूचना र प्रविधि
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • तस्बिर पुस्तिका
  • सूचना र प्रविधि

कोरोनाभाइरस विरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी

प्रकाशित: September 25, 2020

कोरोनाभाइरस विरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी

साम म्याकनिल बेइजिङ, ९ असोज (रासस–एपी) –– एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ । सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) समक्ष आवेदन दिइने बताउनुभयो । यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिनुभयो । “शुरुमा हाम्रो रणनीति चीन र वुहानका लागि डिजाइन गरिएको थियो । तर, जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन ग¥यौं । हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्यौं,” यीनले भन्नुभयो । उहाँले चिनियाँ शहरमा भाइरस पहिलोपटक देखा परेको पनि स्पष्ट गर्नुभयो । “हाम्रो लक्ष्य अमेरिका, युरोपेली संघ र अन्य मुलुक लगायत विश्वलाई खोप प्रदान गर्नु हो,” यीनले भन्नुभयो । अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुन सकेका छैनन् । तर यीन वेडोङ्को भनाईमा यस पटक चिनियाँ खोपले विश्वास जित्नेछ । चीनमा सरकारी स्वामित्वको समेत चारवटा कम्पनीले कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेका छन् जसमा सिनोभ्याक पनि एउटा हो । सरकारी स्वामित्वको सिनोफार्मले दुई किसिमका खोपमाथि परीक्षण गरिरहेको छ भने सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ । यीनले भन्नुभयो, कोरोनाभ्याक खोपको परीक्षणमा ब्राजिल, टर्की र इन्डोनेसियाका २४ हजार व्यक्ति सहभागी छन् । यसबाहेक बंगलादेश र सम्भवत चिलीमा पनि यस खोपको परीक्षण गरिनेछ । सिनोभ्याकले धेरै संक्रमित भएका, ठूलो जनसंख्या रहेका तथा अनुसन्धान र विकासको क्षमता सीमित रहेका मुलुकहरु छनौट गरेको जनाएको छ । उहाँ बेइजिङको दक्षिणमा रहेको सिनोभ्याक प्लान्टको भ्रमणका क्रममा पत्रकारहरूसँग बोल्दै हुनुहुन्थ्यो । यो प्लान्टमा एक वर्षमा पाँच लाख खोप उत्पादन हुन सक्दछ । जैव–सुरक्षित सुविधा सहितको यस प्लान्टमा खोपको डोज साना बोतलमा भर्ने र तिनीहरूलाई बाकसमा राख्ने काम जारी थियो । कम्पनीले आगामी वर्ष सन् २०२१ को फेब्रुअरी वा मार्चसम्ममा एक करोडसम्म खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । सिनोभ्याकले जोखिममा रहेका बच्चा र बुढाबुढीका लागि कोरोनाभ्याकको सानो खुराक पनि परीक्षण गर्न थालेको छ । यीनले कम्पनीले कोरोनाभ्याकको मानव परीक्षण चलाउने देशहरूमा पहिलो चरणमा खोप वितरण गर्ने बताउनुभयो । खोपको स्वीकृत मापदण्ड बमोजिम कोरोनाभ्याक खोपको अझै तेस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न नभए पनि सिनोभ्याकले चीनमा हजारौं मानिसलाई आपतकालीन प्रयोग प्रावधान अन्तर्गत सम्मिलित गरिसकेको छ । यीनले आफू सहित अनुसन्धाताहरुले एक महिना अघि प्रायोगिक खोप लिइसकेको बतााउनुभयो । मानव परीक्षणको पहिलो र दोस्रो चरणमा कुनै गम्भीर प्रतिकूल प्रभाव देखाएनन्, उहाँलेभ भन्नुभयो । “यो हाम्रो कम्पनीको परम्परा हो,” यीनले भन्नुभयो । आफूले हेपाटाइटिस खोप विकासको क्रममा यस्तै गरेको पनि जानकारी दिनुभयो । यस वर्षको सुरुमा, चीनले जोखिमयुक्त जनसंख्याका लागि खोप लगाउन अनुमति दिएको थियो जसमा एक हजारभन्दा बढी स्वास्थ्यकर्मी र सीमा रक्षकहरु सामेल थिए । सिनोभ्याकले सिनोफर्म र क्यानसिनोसँगै गत जुनमा अनुमति प्राप्त गरेको थियो । बेइजिङ महानगरलाई दशौं हजार कोरोनाभ्याकको डोज उपलब्ध गराइएको पनि यीनले बताउनुभयो । सिनोभ्याकमा कार्यरत ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोरोनाभ्याक दिइएको कम्पनीले जनाएको छ । “हामी विश्वस्त छौं कि कोभिड–१९ भ्याक्सिन सम्बन्धी हाम्रो अनुसन्धानले अमेरिका र युरोपेली मुलुकहरुका मापदण्ड पूरा गर्न सक्षम हुनेछ,” यीन वेडोङ्ले बताउनुभयो । ––

प्रतिक्रिया

थप समाचार

सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश ५ वर्ष पहिले

भदौ १५ गते मंगलवारदेखि स्कूलहरु खुल्ने

भदौ १५ गते मंगलवारदेखि स्कूलहरु खुल्ने

सालदाङमा चामल अभाव

सालदाङमा चामल अभाव ५ वर्ष पहिले

पछिल्लो २४ घण्टामा कोरोनाका ४३७ जना नयाँ संक्रमित थपिए ,२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाका ४३७ जना नयाँ संक्रमित थपिए ,२ जनाको मृत्यु

सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा सरकारी वकिल र जाहेरवालाको पक्षबाट बहस सकियो

सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा सरकारी वकिल र जाहेरवालाको पक्षबाट बहस सकियो ४ वर्ष पहिले

मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने निर्णय अव्यवहारिक -ट्राफिक प्रहरी

मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने निर्णय अव्यवहारिक -ट्राफिक प्रहरी

भर्खरै

  • नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ मनाइँदै
  • बाढी-पहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा आजदेखि सवारीसाधन सञ्चालनमा
  • राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
  • विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण
  • आजको राशिफल
  • नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

सम्बन्धित खवर

राष्ट्रपतीय निर्वाचनअघि प्रधानमन्त्री मोदी र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विशेष भेटवार्ता हुने

राष्ट्रपतीय निर्वाचनअघि प्रधानमन्त्री मोदी र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विशेष भेटवार्ता हुने

दिल्लीका मुख्यमन्त्रीले पदबाट राजीनामा दिने घोषणा

दिल्लीका मुख्यमन्त्रीले पदबाट राजीनामा दिने घोषणा

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटनामा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटनामा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु

Pura Samachar

Sambhu Marg-09 , Tilganga ,Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.: 594/074-75
Chairperson: Dhiraj Dahal
Editor: Niraj Dahal

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन। स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।

उपयोगी लिंकहरु

  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • तस्बिर पुस्तिका
  • सूचना र प्रविधि

सोसल मिडिया

Facebook
Twitter
YouTube
Instagram
Copyright ©2026 Pura Samachar All rights reserved.