Pura Samachar

तस्वीरमा हेर्नुहोस् थापाथलीमा प्याज किन्नेको लाइन

प्रकाशित: September 28, 2020

तस्वीरमा हेर्नुहोस् थापाथलीमा प्याज किन्नेको लाइन

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली विक्री कक्षबाट प्याज बेच्न थालेपछि किन्नेको लाइन लागेको छ । खाद्यको विक्री कक्षबाट प्रतिकेजी ६० रुपैयाँमा प्याज सर्वसाधारणलाई विक्रीवितरण गर्न सुरू गरेको छ।

खाद्यले गत शुक्रबारदेखि प्याज बेच्न सुरू गरेको हो। प्याज किन्नको लागि बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म समय तोकिएको छ। एक जनाले तीन किलोसम्म किन्न पाउने खाद्यले जनाएको छ। प्याज किन्नको लागि सर्वसाधारणको लाइन लागेको छ।

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज विक्री गर्न थालेको हो। यसअघि बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया