मस्को । रूसमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा रुसमा ८ हजार १३५ जना कोरोना सङ्क्रमित थपिएका छन् । रुसमा कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ५९ हजार ५७९ पुगेको अधिकारीहरुले जनाएका छन् ।
सरकारी अधिकारीहरुले सोमबार भनेका छन्, रुसको ८४ क्षेत्रबाट प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
उनीहरुमध्ये दुई हजार दुई सय जना अर्थात् २७ प्रतिशत सङ्क्रमितहरुमा मात्रै सङ्क्रमणको लक्षण देखिएको छ ।
राजधानी मस्कोमा मात्रै दुई हजार २१७ जना नयाँ सङ्क्रमित भएका छन् ।
यसैबीच रूसमा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढीका कारण देशको ताराकान सहरमा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु भएकामध्ये तीन जना एउटै परिवारको भएको पनि अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया