Pura Samachar

मेसीले भने- आफ्ना गल्तीहरूको जिम्मेवारी लिन्छु

प्रकाशित: September 30, 2020

मेसीले भने- आफ्ना गल्तीहरूको जिम्मेवारी लिन्छु

मेसीले क्लबमा अब एकता हुनु पर्ने बताउँदै अघिल्लो सिजनको विषयबाट बाहिर निस्कन चाहेको समेत बताएका छन्।

बार्सिलोनाको पत्रिका स्पोर्टसँग कुराकानी गर्दै मेसीले भनेका छन्,’हामीले बार्सिलोनाका सबै मानिसलाई एकजुट गर्नुपर्छ र अझै राम्रो समय आउँछ भन्ने विश्वास गर्नुपर्छ।’

गत सिजन मेसीले क्लब छाड्न चाहेको बताउँदै बार्सिलोनालाई पत्र पठाएका थिए। तर बार्सिलोनाले ६ मिलियन युरोको रिलिज क्लज देखाउँदै मेसीलाई क्लब छाड्न नदिने रणनीति अपनाएको थियो।

पछि मेसीले बार्सिलोनामै बस्ने निर्णय गर्दै क्लबविरुद्ध अदालतमा जान नचाहेको बताएका थिए। गत सिजन बार्सिलोनाले कुनै पनि उपाधि जित्न नसकेपछि मेसी क्लब व्यवस्थापनसँग असन्तुष्ट थिए।

 

सिजनमा क्लबमा बस्ने निर्णय गरेपछि मेसीले अब सबै एकजुट हुनु पर्ने बताउँदै आफ्नो गल्तीको जिम्मेवारी लिने पनि बताए।

‘म मेरा गल्तीहरूका लागि जिम्मेवारी लिन्छु,’ मेसीले भने।

‘क्लबका सबै सदस्यहरू र सबै प्रशंसकहरूलाई सन्देश पठाउन चाहान्छु कि यदि मैले भनेका वा गरेको कुराले एक सेकेन्डको लागि पनि नराम्रो लागेको छ भने शंका नगर्न आग्रह गर्छु। म सधैं क्लबको लागि राम्रो हुन्छ भन्ने बारेमा सोच्छु।’

प्रतिक्रिया