Pura Samachar

ब्राजिलमा ५० लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण

प्रकाशित: October 8, 2020

ब्राजिलमा ५० लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण

काठमाडौँ- ब्राजिलमा कोरोना भाइरसका संक्रमित ५० लाख नाघेका छन् ।

विश्वमा तेस्रो धेरै कोरोना प्रभावित मुलुक ब्राजिलमा संक्रमितको संख्या ५० लाख नाघेको हो ।

पछिल्लो २४ घण्टामा ३१ हजार ४०४ संक्रमित थपिएसँगै संक्रमित संख्या ब्राजिलमा संक्रमित संख्या ५० लाख २ हजार ३५७ पुगेको हो ।

यस्तै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७३३ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ३०४ पुगेको हो ।

अहिलेसम्म ४३ लाख ९१ हजार ४२४ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ६२ हजार ६२९ जनाको उपचार भइरहेकोमा  ८ हजार ३१८ जना सिकिस्त छन् ।

प्रतिक्रिया