Pura Samachar

मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डको वेल्समाथि सहज जित

प्रकाशित: October 9, 2020

मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डको वेल्समाथि सहज जित

एजेन्सी–  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले वेल्समाथि सहज जित निकालेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले वेल्सलाई ३-० ले हराएको हो ।

वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डको जितमा डेब्यु खेल खेलिरहेका डोमिनिक काल्भर्ट लेविन, कोनर कोआडे र ड्यानी इंग्सले गोल गरे ।

२६औं मिनेटमा लेविनले डेब्यु खेलमा गोल गर्दै इंग्ल्याण्डलाई १–० को अग्रता दिलाए ।

५३औं मिनेटमा कोनर कोआडेले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर पारे । ६३औं मिनेटमा ड्यानी इंग्सले गोल गरेपछि इंग्ल्याण्डले खेलमा ३–० को जित हासिल गर्‍यो ।

नेसन्स लिग ‘ए’ २ मा रहेको इंग्ल्याण्डले ११ अक्टोवरमा बेल्जियमको सामना गर्नअघि मैत्रीपूर्ण खेल भएको हो । इंग्ल्याण्डले अर्को खेलमा १५ अक्टोवरमा डेनमार्कसँग खेल्नेछ ।

यस्तै लिग ‘बी’ को ४ मा रहेको वेल्सले ११ अक्टोवरमा आयरल्याण्ड र १५ अक्टोवरमा बुल्गेरियासँग खेल्नेछ ।

प्रतिक्रिया