Pura Samachar

नेसन्स लिगमा जर्मनीको पहिलो जित

प्रकाशित: October 11, 2020

नेसन्स लिगमा जर्मनीको पहिलो जित

एजेन्सी- नेसन्स लिग फुटबलमा जर्मनीसँग युक्रेन पराजित भएको छ ।

शनिबार राति युक्रेनमा भएको खेलमा जर्मनीले २–१ को जित हात पारेको हो ।

समूह चरणका दुई खेल बराबरी खेलेको जर्मनीले नेसन्स लिग फुटबलमा पहिलो जित दर्ता गरेको हो ।

खेलमा अग्रता २०औं मिनेटमा मथायस गिन्टरको गोलमा जर्मनीले लिएको थियो । लियोन गोरेत्र्जकाले ४९औं मिनेटमा जर्मनीका अग्रता दोब्बर बनाए ।

घरेलु टोली युक्रेनका रुस्लान मालिनोवस्कीले एक सान्त्वना गोल फर्काए ।

प्रतिक्रिया