Pura Samachar

सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

प्रकाशित: October 12, 2020

सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार रु १८ अर्ब २५ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु तीन अर्बको ट्रेजरी बिल भने नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।

बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार रु तीन अर्बबराबरको नयाँ र रु १५ अर्ब २५ करोडबराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ ।

सो ट्रेजरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ । यस्तै केन्द्रीय बैंकले यही असोज २० गते रु १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।

प्रतिक्रिया