काठमाडौं । फ्रेन्च ओपन टेनिसको पुरुष एकलतर्फ राफेल नाडालले उपाधि हासिल गरेका छन् । क्ले कोर्टको राजा मानिने उनले फ्रेन्च ओपनको उपाधि जितेको यो १३ औं पटक हो ।
विश्व वरीयतामा नम्बर २ रहेका स्पेनिस स्टार नाडालले पहिलो वरीयताका नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गर्दै १३ औं उपाधि हासिल गरेका हुन् ।
नाडालले ६(०, ६(२ र ७(५ को सेटमा जित हासिल गरेका हुन् । खेलको सुरुवातदेखि नै जोकोभिचमाथि नाडाल हावी भएका थिए ।
नाडालको यो २० औं ग्रान्ड स्लाम उपाधि हो । उनले सर्वाधिक ग्राण्ड स्लाम उपाधिमा रोजर फेडेररको बराबरी गरेका छन् । रोजर फेडेररले पनि कुल २० ग्रान्ड स्लाम हात पारेका छन् ।
नाडालले ग्रान्ड स्लाम अन्तर्गत ४ युएस ओपन, १३ फ्रेन्च ओपन, एक अस्ट्रेलियन ओपन र दुई विम्बल्डन जितेका छन् । फेडेररले भने ५ युएस ओपन, ८ विम्बल्डन, ६ अस्ट्रेलियन ओपन र एक फ्रेन्च ओपन जितेका छन् ।
जोकोभिचले ३ युएस ओपन, ८ अस्ट्रेलियन ओपन, ५ विम्बल्डन र एक फ्रेन्च ओपन सहित १७ ग्रान्ड स्लाम जितेका छन् ।
प्रतिक्रिया