Pura Samachar

दुई अमेरिकीलाई अर्थशास्त्रको नोबेल पुरस्कार

प्रकाशित: October 13, 2020

दुई अमेरिकीलाई अर्थशास्त्रको नोबेल पुरस्कार

लिलामी सिद्धान्तको सुधार तथा नयाँ लिलामी प्रारुपको आविश्कारका लागि यी दुई अर्थशास्त्रीलाई यो वर्षको नोबेल पुरस्कार दिइएको द रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उल्लेख गरेको छ। दुबै अर्थशास्त्री अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयसँग सम्बन्धित छन्।

लिलामी सिद्धान्तको सुधारमार्फत विक्रेता, खरिदकर्ता तथा कर प्रशासनलाई सहयोग गरेबापत यी दुई अर्थशास्त्रीलाई पुरस्कार दिइएको जनाइएको छ।

सन् १९६९ मा स्थापित यो प्रतिष्ठित पुरस्कार ५१ पटक दिइसकिएको छ। गत वर्ष यो पुरस्कार विश्वव्यापी गरिबी घटाउनमा योगदान दिएबापत अभिजित बनर्जी र इस्थर डफ्लोलाई दिइएको थियो । बनर्जी भारतीय मूलका अर्थशास्त्री हुन्।

प्रतिक्रिया