इङ्ल्याण्डका चर्चित व्याट्सम्यान जेम्स भिन्स कोरोनाबाट सङ्क्रमित भएका छन्।
सङ्क्रमित भएपछि आगामी पाकिस्तान सुपर लिग (पिएसएल) मा उनको सहभागीता अनिश्चित भएको छ।
उनलाई अहिले कुनै लक्षण नदेखिएको र चाँडै नै फेरी परीक्षण गर्ने तयारी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।
अब व्याट्सम्यान भिन्स कम्तीमा दश दिन सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ। सङ्क्रमण पुष्टि भएको दिन देखि नै उनी सेल्फ आइसोलेसनमा छन्।
कोरोना भाइरसका कारण विश्वका धेरै प्रभावशाली खेलाडीहरू सङ्क्रमित भएका छन्। लामो समय खेल गतिविधि बन्द भएपनि पछिल्लो समय विस्तारै सूचारु हुन लागिरहेका बेला खेलाडीहरू सङ्क्रमित हुने क्रम बढेको छ।
प्रतिक्रिया