वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिय निर्वाचिनमा पराजित भएका छन् । तर, औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।
ट्रम्प निर्वाचनमा पराजित भएसँगै उनकी पत्नी मेलानिया ट्रम्पले सम्बन्ध-विच्छेद गर्न लागेको समाचार बेलायतको सञ्चारमाध्यम डेलि मेलले लेखेको छ ।
पहिलेदेखि सम्बन्ध-विच्छेद गर्न चाहेको र अब ट्रम्प ह्वाइट हाउसबाट बाहिरिनेबित्तिकै मेलानियाले उनलाई छाड्ने तयारी रहेको डेलिमेलले दाबी गरेको हो ।
ट्रम्प र मेलानियाबीच विवाह भएको १५ वर्ष पूरा भएको छ । उनीहरूको विवाह व्यवसायिक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारले भनेको डेलिमेलले दाबी गरेको छ ।
तर ट्रम्पकी पत्नी मेलानियाले भने आफ्ना विरोधीले यस्तो गलत हल्ला फैलाएको भनेर दाबी गरेकी छन् ।
उनले यस्ता समाचारहरु हल्लामात्रै भएको र आफूले सम्बन्ध-विच्छेद गर्न नचाहेको बताएकी छन् । यस विषयमा राष्ट्रपति ट्रम्पले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रतिक्रिया