Pura Samachar
  • धाँधली भएको भनेपछि बाइडेन विजयी जर्जियामा पुन:मतगणना गरिने

    प्रकाशित: ३ हप्ता पहिले

    धाँधली भएको भनेपछि बाइडेन विजयी जर्जियामा पुन:मतगणना गरिने

    वाशिङ्टन । अमेरिकाको राष्ट्रपतिमा निर्वाचनको मतगणना केही राज्यमा पुन: गरिने भएको छ । जसमा बाइडेन विजयी भएको राज्य जर्जिया रहेको छ ।

    बीबीसीका अनुसार झिनो अन्तरले जो बाइडन अगाडि देखिएको जोर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको हो । त्यहाँ वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति बाइडनबीच करिब १४ हजार मतको अन्तर छ ।

    निकै कडा प्रतिस्पर्धा देखिएका कारण उक्त राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी गराएको थियो । हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी अभियान सञ्चालक टोलीले यसलाई महत्त्वपूर्ण ‘पहिलो कदम’ भनेको छ ।

    रिपब्लिकन पार्टीका तर्फबाट जोर्जियामा चुनावी अभियानको नेतृत्व गरिरहेका डग कोलिन्सले सञ्चारकर्मीसँग यसलाई यो ‘निष्ठा’ र ‘पारदर्शिता’को जित भएको बताए ।

    अभियानका कानुनी परामर्शदाता स्टेफन पासान्टीओले प्रत्येक भोटको जाँच गरिने बताएका छन्। उनले त्यो गहन मत गणना राज्यले तोकेको अन्तिम मिति नोभेम्बर २० तारिखसम्ममा सकिने आशा गरिएकाे बताए।

    पुनः मत गणना गरेपछि कसैले दोहोर्याएर वा अवैध मतदान भए नभएको पत्ता लाग्ने जोर्जियाका निर्वाचन अधिकृत ग्याब्रिएल स्टेरलिङले बताएका छन् । पुनः मत गणना गर्ने विषयमा हरेक राज्यको आफ्नै नियम हुन्छ। तर सामान्यतया भोटलाई पुनः मिलान र स्क्यान गरिन्छ।केही स्थानमा विद्युतीय उपकरणको वैधता सुनिश्चित गर्न भोट हातले नै गन्ने गरिन्छ ।

    तर अहिलेम्मको अनुभवमा दोहोर्‍याएर मत गणना गर्दा पहिलेको नतिजामा खासै परिवर्तन भने भएको पाइन्‍न ।

    प्रतिक्रिया