Pura Samachar

दसैंका लागि सार्वजनिक यातायातको अनलाईन टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने

प्रकाशित: October 6, 2023
पूरा समाचार

दसैंका लागि सार्वजनिक यातायातको अनलाईन टिकट बुकिङ  असोज २२ गतेदेखि खुल्ने

काठमाडौं– दसैंका लागि सार्वजनिक यातायातको अनलाईन टिकट बुकिङ आगामी असोज २२ गतेदेखि खुल्ने भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी कर्मचारी र यातायात व्यवसायीको छलफलबाट असोज २२ गते दसैंको अनलाईन टिकट खुलाउने सहमति भएको हो।

‘असोज २२ गतेदेखि दसैंको अनलाईन टिकट बुकिङ खुला गर्ने सहमति भएको छ’ यातायात व्यवस्था विभागको महानिर्देशक उद्धव प्रसाद रिजालले नेपाल क्लिक्ससँग भने, ‘यातायात व्यवसायीहरुका माग सम्बोधन गर्ने सहमति भयो।’

उनका अनुसार, यातायात व्यवसायीहरु पनि अनलाईन बुकिङ खुला गर्न सहमत भएका छन् । यसअघि यातायात व्यवसायीहरुले गाडीभाडा वृद्धि नभएको, सडक मर्मत नभएको र रुट पर्मिट नपाएको भन्दै अग्रिम टिकट बुकिङ खुलाउन चाहिरहेका थिएनन।

यात्रुहरुलाई सहज रुपमा गन्तव्यमा पुर्याउनका लागि गाडीहरु भाडामा लिएर सेवा दिने व्यवसायीहरुले बताएका छन्। दसैंका बेला बर्षेनी २० देखि २२ लाख यात्रुहरुले काठमाडौं छाड्ने गरेका छन्।

प्रतिक्रिया