Pura Samachar
  • सन्दीप लामिछाने लगातार तेस्रो पटक बीबीएलमा अनुबन्ध, होबर्ट हुरिकेन्सबाट खेल्दै

    प्रकाशित: २ हप्ता पहिले

    सन्दीप लामिछाने लगातार तेस्रो पटक बीबीएलमा अनुबन्ध, होबर्ट हुरिकेन्सबाट खेल्दै

    एजेन्सी- नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो पटक अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अनुबन्ध भएका छन् ।

    उनले यो सिजन होबर्ट हुरिकेन्सबाट खेल्न भएका छन् ।

    होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ । सम्झौता रकम भने खुलाईएको छैन ।

    यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । सन्दीपले बीबीएलमा २० खेलमा २६ विकेट लिन सफल भएका छन् ।

    गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनमा मेलबर्न फाइनल पुगेको थियो ।

    प्रतिक्रिया