Pura Samachar

पारस खड्का सहित ५ खेलाडीलाई पछि पार्दै काइल कोएट्जर बने एशोसिएट राष्ट्रबाट दशककैँ उत्कृष्ट खेलाडी

प्रकाशित: December 27, 2020
पूरा समाचार

पारस खड्का सहित ५ खेलाडीलाई पछि पार्दै काइल कोएट्जर बने एशोसिएट राष्ट्रबाट दशककैँ उत्कृष्ट खेलाडी

काठमाडौँ । एशोसिएट राष्ट्रबाट दशककैँ उत्कृष्ट खेलाडीको उपाधी स्कटल्याण्डका ब्याट्सम्यान काइल कोएट्जरले जितेका छन । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ट्वीटरबाट ट्वीट गदैँ एशोसिएट राष्ट्रबाट दशककैँ उत्कृष्ट खेलाडीको उपाधी स्कटल्याण्डका काइल कोएट्जरले जितेको जानकारी दिएको छ ।

स्कटल्याण्डका ब्याट्सम्यान काइल कोएट्जर २०१० देखी २०२० को अवधिमा ४५.५४ को औसतले २२७७ रन बनाएका थिए ।

एशोसिएट राष्ट्रबाट नेपालका पारख खड्का सहित कालुम म्याकलिओड, रिचि विरिङटोन, असद भाला र पिटर बोरेन मनोनयनमा परेका थिए ।

प्रतिक्रिया