Pura Samachar

टी-२० विश्वकपकाेलागि दक्षिण अफ्रिकाले आफ्नो टोली घोषणा

प्रकाशित: April 30, 2024
पूरा समाचार

टी-२० विश्वकपकाेलागि दक्षिण अफ्रिकाले आफ्नो टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको दक्षिण अफ्रिकाले आफ्नो टोली घोषणा भएको छ ।

मंगलबार एडेन माक्ररमको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । ढाडको चोटका कारण सेप्टेम्बर २०२३ देखि अन्तर्राष्ट्रिय खेलबाट बाहिर रहेका एनरिच नोर्ट्जेले टोलीमा पुनरागमन गरेका छन् ।

रायन रिकेल्टन र ओटनिएल बार्टम्यानले हालैको एसए-२० लिगमा प्रदर्शनबाट फाइदा उठाएर पहिलो पटक टोलीमा स्थान बनाएका छन् । रिकल्टनले एमआई केपटाउनका लागि ५३० रन बनाएका थिए भने बार्टम्यानले सनराइजर्स इस्टर्न केपका लागि आठ खेलमा १८ विकेट लिएका थिए।

विश्वकपमा नेपाल र दक्षिण अफ्रिका बीचको खेल जुन १५ मा छ । नेपाल र लक्षिण अफ्रिका समूह डि मा रहेका छन् । समूह डी मा नेपाल र दक्षिण अफ्रिकाको अलावा श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । ३ जुनमा श्रीलंकासँग खेल्दै दक्षिण अफ्रिकाले विश्वकपको सुरुआत गर्नेछ ।

दक्षिण अफ्रीकाको टोली :

एडेन माक्ररम (कप्तान), ओटनिएल बार्टमैन, जेराल्ड कोएट्जी, क्विंटन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेंड्रिक्स, मार्को यानसेन, हेनरिक क्लासेन, केशव महाराज, डेविड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, रेयान रिकेल्टन, तबरेज शम्सी, ट्रिस्टन स्टब्स।

रिजर्व : नांद्रे बर्गर र लुंगी एनगिडी।

प्रतिक्रिया