Pura Samachar

कालेबुङमा सांस्कृतिक कार्यक्रमकाे भीडले कुल्चिँदा २ महिलाको मृत्यु

प्रकाशित: January 4, 2021
पूरा समाचार

कालेबुङमा सांस्कृतिक कार्यक्रमकाे भीडले कुल्चिँदा २ महिलाको मृत्यु

भारतकाे कालेबुङमा ऱ्यापर लाहुरेको कार्यक्रम हेर्न जम्मा भएकाे भीडले कुल्चिँदा दुई महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मृतक अनिता क्षत्री र बनिता तामाङ (गुरुङ) रहेको खुलेको छ। दुवै कालेबुङ निवासी हुन्। उनीहरूको उमेर ४० वर्षभन्दा माथि रहेको बताइएको छ।

यो घटना आइतबार राति कालेबुङको मेला ग्राउन्डमा भएको हो, जहाँ नेपालका चर्चित ऱ्यापर लाहुरे उर्फ आशिष राणा मगरका साथ ‘म्याड डग’ संस्थाले सांगीतिक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम हेर्न कार्यक्रम स्थलको मुख्यद्वारमा व्यापक भीड लागेकाे थियो।

त्यही क्रममा कार्यक्रम स्थलमा प्रवेश गर्न ठेलाठेल हुँदा दुर्घटना भएको हाे। घटनामा घाइते भएकाहरूलाई उपचारका लागि कालेबुङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया