Pura Samachar

मन्दिरमा सामूहिक बलात्कारपछि हत्याको अभियोगमा पुजारी पक्राउ

प्रकाशित: January 8, 2021
पूरा समाचार

मन्दिरमा सामूहिक बलात्कारपछि हत्याको अभियोगमा पुजारी पक्राउ

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशअन्तर्गत बदायुन जिल्लास्थित मन्दिरमा एक महिलालाई सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अभियुक्त पुजारीलाई मेवली गाउँस्थित एक भक्तजनको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । गाउँलेले पुजारीलाई समातेर प्रहरीलाई खबर गरेका थिए। ती पुजारीबारे खबर गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीले घोषणा गरेको थियो ।

बदायुन जिल्लाको उघैती क्षेत्रमा ५० वर्षीया महिलालाई सामूहिक बलात्कारपछि मारिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला गत आइतबार साँझ मन्दिरमा पूजा गर्न गएका बेला यो घटना भएको थियो ।

बलात्कार/हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि पुजारीका २ साथीलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया