Pura Samachar

इन्डोनेसियाको विमान दुर्घटना

प्रकाशित: January 10, 2021
पूरा समाचार

इन्डोनेसियाको विमान दुर्घटना

एजेन्सी- इन्डोनेसियाको  विमान दुर्घटनास्थलमा उद्धारकर्ताहरू प्रस्थान गरेका छन् ।

६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान शनिबार दुर्घटनामा परेको राजधानी जाकार्ता नजिकको आइल्याण्डतर्फ उद्धाकर्ताहरू प्रस्थान गरेका हुन् ।

                                                                                                 तस्वीर : रोयटर्स

जकार्ताबाट पोन्तिएनाकका लागि उडान भरेको बिमानमा ६२ जना सवार थिए ।

राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडरको सम्पर्क बाहिर गएको बिमान दुर्घटनाग्रस्त भएको स्थान आसपास १० वटा पानी जहाज पठाइएको छ । साथमा नेभी डाइभर पनि रहेको बीबीसीले जनाएको छ ।

 

प्रतिक्रिया