Pura Samachar
  • पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

    प्रकाशित: १ हप्ता पहिले
    पूरा समाचार

    पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

    पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् ।

    पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन् ।

    सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई आबद्ध गर्न कुनै पनि टोलीले इच्छा देखाएनन् ।

    नेपालबाट पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अविनाश बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख पिएसएलको ड्राफ्टमा परेनन् ।

    ड्राफ्टमा २० देशका चार सयभन्दा बढी खेलाडी परेका थिए । नेपाली खेलाडी अलग–अलग समूहमा ड्राफ्टमा परेका थिए ।

    लामिछाने सबैभन्दा महँगो प्लेटिनम श्रेणीमा तथा अन्य नौ खेलाडी सिल्भर श्रेणीमा ड्राफ्टमा परेका थिए । गत वर्षको पिएसएलमा पनि नेपालका आठ खेलाडी ड्राफ्टमा परेका थिए ।

    अन्तिम समयमा कोही पनि नेपाली खेलाडी पिएसएलका लागि छनोट हुन सकेनन् ।

    प्रतिक्रिया